२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

अनेरास्ववियुका कार्यकर्ताले बुटवलमा जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

बुधवार , जेठ १७, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १७ जेठ ।
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक, भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा राष्ट्रपति रामचन्द्र पौडेलतथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् । बुधबार साँझ उनीहरुले राँके जुलुस तथा पुत्ला दहन गरेका हुन् । 

    नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीलाई दिइएको आममाफीको विरोधमा पुत्ला दहन गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारीले बताए । 

    लुम्बिनी वाणिज्य क्याम्पसबाट निकालिएको जुलुस देवीनगरमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरिएको भण्डारीले जानकारी दिए ।

    कार्यक्रममा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका पूर्व नेता सरोज पोखरल, केन्द्रीय सदस्य साजन भण्डारी, केन्द्रीय लेखा आयोग सदस्य दीपक चापागाई, रुपन्देही जिल्ला उपाध्यक्ष रमेश ढकाल, सचिव प्रकाश पराजुली, जिल्ला सदस्य अर्जुन खरेल, सिर्जन नेपाल, लुम्बिनी वाणिज्य क्याम्पस स्ववियु सभापति विजय कार्की, भैरहवा बहमुखी क्याम्पस स्ववियु सभापति सागर न्यौपाने, गुन बहादुर श्रेष्ठ, योगेन्द्र रायमाझीलगायतको उपस्थिति रहेको थियो ।

    आन्दोलनपश्चात नेता दीपक चापागाई र योगेन्द्र रायमाझी केहीबेर प्रहरी नियन्त्रणमा रहेको अनरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले बताए ।