२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

राप्रपाकाे युवा संगठनले जलायो ‘अखण्ड भारत’काे नक्सा (फाेटाेफिचर)

शुक्रवार , जेठ १९, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं, १९ जेठ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । 

    लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगािड शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए । सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए । 

    यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।

    newskarkahna-news518886..jpg
    newskarkahna-news518880..jpg
    newskarkahna-news518883..jpg

     

    newskarkahna-news5188810..jpg
    newskarkahna-news518882..jpg