images

शनिवार, बैशाख ८ गते २०८१

नागरिकता विधेयकको विरोधमा अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

नागरिकता विधेयकको विरोधमा अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

images
images
images
शनिवार, जेठ २० २०८०
शनिवार, जेठ २० २०८०
  • नागरिकता विधेयकको विरोधमा अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

    भैरहवा, २० जेठ । 
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयकलाई असंवैधानिक भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटीले भैरहवामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण र सर्वोच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएर रिहाइ गरिएको विरोधमा शुक्रबार सांझ भैरहवास्थित देवकोटाचोकमा विरोध प्रदर्शन गरिएको अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष सुनिल खनालले बताए ।

    images
    images
    images

    विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले सरकार टिकाउनका लागि वर्तमान सरकारले गलत निर्णयहरु गरिरहेको बताए । उनले रेशम चौधरीलाई रिहाइ गरेर सरकारले प्रहरीको मनोबल घटाएको बताए । सरकारले नागरिकता विधयेक र आममाफी दिने निर्णय फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने बताए ।

    अनेरास्ववियु सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज तथा सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरीले गठबन्धन सरकार र राष्ट्रपतिको गलत कदमविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरिएको बताए । उनले कैलालीको टीकापुरमा भएको घटनामा संग्लन भएको आरोपमा अदालतबाट दोषी ठहर भइ जेलमा रहेका व्यक्तिलाई आममाफी दिएर रिहाइ गर्नु गलत भएको दावी गरे । 

    अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष एवं स्ववियु भैरहवा बहुमुखी क्याम्पसका उपाध्यक्ष सुनिल खनालको अध्यक्षता तथा अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका सचिव, स्ववियु सदस्य आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij