२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तयारी भेला

आइतवार , जेठ २१, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, २१ जेठ ।
    नेकपा एमाले सम्बद्ध यातायात व्यवसायीहरुको संगठन लोकतान्त्रिक यातायात व्यवसायी संगठन रुपन्देहीको तेस्रो अधिवेशनका लागि तयारी भेला सम्पन्न भएको छ । भेलाले संगठनलाई नयाँ र प्रभावकारी ढंगले सबै यातायात व्यवसायी क्षेत्रलाई समेटेर जिल्ला अधिवेशन गर्नका लागि नारायण प्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।

    समितिका सदस्यहरुमा गोपाल पौडेल, नारायण घिमिरे, केशवराज पन्थलगायत रहेका छन् । तत्काल जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न समिति गठन गरिएको भेलामा सहभागि यातायात व्यवसायी नारायण घिमिरेले बताए । 

    गोविन्द प्रसाद कंडेलको अध्यक्षता, नारायण घिमिरेको स्वागत तथा जीवन बन्जाडेको सञ्चालनमा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले प्रदेश समितिका सदस्यहरु सुर्यबहादुर भट्टराई, तुलसीराम बन्जाडे, दधिराम खरेललगायतले यातायात व्यवसायीका समस्याहरु समाधान गर्न
    सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।