शुक्रवार, आश्विन ५ गते २०८०

जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयो : महेन्द्र यादव

जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयो : महेन्द्र यादव

images
images

खबर पात्रो

२१, जेठ २०८०
  • 483
    SHARES
  • जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयो : महेन्द्र यादव

    भैरहवा, २१ जेठ ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादवले जसपाको अगुवाइमा भएको संघर्ष र आन्दोलनले मुलुकमा परिवर्तन सम्भव भएको दावी गरेका छन् । उनले उत्पीडित समुदायको अधिकार प्राप्तीका लागि जसपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    जसपा रोहिणी गाउँपालिका कार्यसमिति, रुपन्देहीले शनिबार रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको पार्टीका कार्यकर्तासँग भेटघाट एवं समीक्षा कार्यक्रममा बोल्दै नेता यादवले विगतमा भएका आन्दोलन र संघर्षले नागरिकता विधेयक प्रमाणीकरण भएको र नागरिकले अधिकार पाएको बताए । उनले बुवा आमा नागरिक हुने तर तीनका सन्तान कसरी अनागरिक भन्दै प्रश्न गरे । उनले विभेदविरुद्ध जसपाले निरन्तर आवाज उठाउँदै आएको बताए । नेता यादवले भने, ‘अहिले विभिन्न निकायमा आरक्षण कोटा छ, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि विगतमा पार्टीले संघर्ष गरेकाले यो उपलब्धी प्राप्त भएको हो । ’

    images
    images

    उनले पार्टीमा फुटेर नभइ एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । फरक मतलाई पार्टी बाहिर नभइ पार्टीमै राख्नुपर्ने उनको भनाइ छ । जसपाको नेतृत्वमा रहेको रोहिणी गाउँपालिकाले गरेका कामहरुको बारेमा प्रचारप्रसार गरी जनतालाई बताउनुपर्ने बताए । उनले भने, ‘रोहिणी गाउँपालिकाको नेतृत्व जसपाले पाएको छ, काम गर्ने क्रममा विरोध हुन्छ । म अध्यक्षज्यूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्तै कार्यपालिकाको बैठक लाइभ गर्न आग्रह गर्दछु । ’ विकास विरोधीको पर्दाफास गर्नुपर्ने नेता यादवको भनाइ छ । उनले भने, ‘अन्य पार्टीले जनतालाई अधिकार दिलाउन खोजेनन्, जसपाले जनतालाई अधिकार दिलाउन निरन्तर संघर्ष गरिरहेको छ । ’

    Mahendra Yadav.JPG
    जसपा नेता महेन्द्र यादव

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा जसपाका संघीय परिषद सदस्य विद्या प्रसाद यादवले पाँच वर्षमा हुन नसकेका काम १ वर्षमा भएको बताए । उनले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा लागिपरेको बताए । उनले काम गर्ने क्रममा कहिलेकाही कमजोरी हुनु स्वभाविक भए पनि भ्रम फैलाउनु गलत भएको बताए । उनले भने, ‘भ्रमबाट मुक्त हुन आवश्यक छ । गाउँपालिकामा विकास निर्माणका धेरै काम भएका छन् ।’ जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएका संघर्ष तथा आन्दोलनले मुलुकमा संघीयता स्थापना भएको बताए । उनले कतिपय पार्टीले संघीयता नस्वीकारेको बताए ।

    जसपाका नेता कलामुद्दीन खानले पार्टीले लिएको लक्ष्य पूरा गर्नेतर्फ अघि बढ्नुपर्ने बताए । उनले संगठन विस्तार अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

    जसपा युवा नेता शेषमणि यादवले पार्टीलाई मजबुत बनाउन लागिपरेको बताए । उनले पार्टी नियमविपरीत गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

    पार्टीका नेता मनोज कुमार यादव, जाहिद खान, विनय यादव, छोटेलाल अग्रहरी, कान्छा कोहार, चेतमान चौधरी, रमाशंकर यादव, जयप्रकाश हरिजन, राजधर हरिजनलगायतले बोल्दै मनोबल उच्च बनाएर एकताबद्ध हुँदै अघि बढ्नुपर्ने बताए ।

    जसपा रोहिणी गाउँपालिका कार्यसमितिका अध्यक्ष एवं रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, रोहिणी गाउँपालिका–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीको स्वागत तथा गया प्रसाद वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०९:११:४३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij