२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

राष्ट्रिय युवा संघ ओमसतियाको दोस्रो अधिवेशन, अध्यक्षमा भट्टराई

आइतवार , जेठ २१, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २१ जेठ ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल ओमसतिया गाउँ कमिटी रुपन्देहीको दोस्रो अधिवेशन र भएको छ । अधिवेशनले भरत भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

    शनिवार भएको अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रिय सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले युवाहरु देश विकासमा एकताबद्ध भएर अगाडि बढ्नको लागि युवा संघको स्थापना भएको बताए ।

    राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किरन नेपालले युवा संघले समाजको विकास र सामाजिक गतिविधिमा प्रत्यक्ष सहयोग र योगदान पुर्याएको बताए ।

    एमाले लुम्बिनी प्रदेश सदस्य हिरा केवट (राहुल) ले युवा संघले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै देशको विकास निर्माणमा अहम भूमिका खेलेको बताए ।

    कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष विकासजंग बस्नेत, सचिव दिपेश कंडेल, सचिवालय सदस्य जय प्रकाश राय लगायतको उपस्थिति रहेको थियो ।