शुक्रवार, आश्विन ५ गते २०८०

एमालेले कालापानी सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्ने

एमालेले कालापानी सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्ने

images
images

खबर पात्रो

२१, जेठ २०८०
  • 413
    SHARES
  • एमालेले कालापानी सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्ने

    काठमाडौं, २१ जेठ ।
    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

    बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । 

    images
    images

    एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत बंगलादेशको सीमासम्म पहुँच पुर्याउनका लागि नेपालले कालापानीको भु–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आइतबारको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने । उनकाअनुसार प्रधानमन्त्री दाहालको अभिब्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

    प्रधानमन्त्री दाहालले भारतको आफनो चारदिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुर्याउनका लागि कालापानीको भु–भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो । 

    एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको बिषयलाई पनि गम्भिरतापुर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्र हितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने । उनकाअनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ ।

    आजबाट सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु हुनुअघि एमालेले प्रधानमन्त्रीसँग भूमि साटफेरको विषयमा जवाफ माग्नेछ । 

     

    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ११:१६:०१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij