शुक्रवार, आश्विन ५ गते २०८०

बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल  

बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल  

images
images

खबर पात्रो

२१, जेठ २०८०
  • 529
    SHARES
  • बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल  

    लुम्बिनी, २१ जेठ । 
    लुम्बिनी विकास कोषले आइतबार आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रममा सहकार्यका विषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहहरुसँग छलफल गरेको छ । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो ।

    बुद्ध जन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रहरुको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

    images
    images

    आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा पुरातात्विक क्षेत्रहरुको उत्खनन्, संरक्षण र प्रवद्र्धनमा उपलब्धीमुलक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ । उनले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन् र प्रवद्र्धनमा काम गरिने बताए ।

    छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिए । त्यस्तै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

    त्यसै गरी छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तीनदिन बस्ने वातावरण बनाउनुपर्ने बताए । 

    सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएकोले त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खनन्का लागि सहकार्य गर्न तयार रहेको बताए ।

    छलफलका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले पटकपटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामी दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताए । उनले स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रहरुको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानुपर्नेमा जोड दिए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामि योजनाकाबारेमा प्रस्तुती राखेका थिए । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीका बौद्ध स्थलहरुको विकासका लागि कोषकातर्फबाट कामहरु भइरहेको बताए ।

    छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद ज्ञवाली, देवदह नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थीको उपस्थिति रहेको थियो ।

    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १९:५९:५० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij