२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

एमाले सिद्धार्थनगर सचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा

सोमवार , जेठ २२, २०८०

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २२ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरु, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यहरुलगायत रहेका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुले झण्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेश गरिएको बताए । उनले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एकढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताहरुले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझावपत्र पेश गरिएको जानकारी दिए ।

    उनले भने, ‘तर, इमान्दार कार्यकर्ताहरुले पार्टी सुधारको माग गर्दा पनि नदेखेझै गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारवाही गर्छौं भन्दै हिड्ने, पार्टी संगठनात्मक र संस्थागत रुपले भन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुने जस्तो गर्ने गरी आलटाल गरेकाले यो कदम चालेका हौं ’ ।

    अहिलेको २१ औं शताब्दीमा जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडी पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायहरुको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेताहरु नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्ताहरुलाई सधै अन्यायमा पारिएकाले आजैकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबट राजनीमा दिएको भण्डारीले बताए । 

    नगरभित्र दुःखमा परेका जनताहरुको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए । आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राख्ने उनको भनाइ छ । उनले जनताको चाहना भए आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिन तयार रहेको बताए ।

    पार्टी सिद्धार्थनगरका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएइको एमाले सिद्धार्थनगर–८ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए । 

    IMG_8781.JPG