२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

राष्ट्रिय सभा बैठकको समय सारियो

सोमवार , जेठ २२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २२ जेठ । राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ ।

    सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । ‘मिति २०८० साल जेठ २२ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २२ गते सोमबार अपराह्न ३ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।