२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गुल्मी पहिरो अपडेट: दश महिने बालक सहित ४ जनाको मृत्यु

शनिवार , श्रावण १७, २०७७

गुल्मी १७ साउन। दस महिने शिशु सहित एकै परिवारका चार जनाले घटना स्थलमै ज्यान गुमाए ।
 
पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर पाँच आठिपाटाका एकै परिवारका चार जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय रिडिका प्रहरी नायव निरीक्षक शालिकराम थापाले जानकारी दिएका छन ।
 
ज्यान गुमाउने हरुमा वर्ष ३० कि बिना माझी , उनका नौ वर्षीय छोरा सागर, सात वर्षीय छोरा हेमन्त र छोरी १० महिने शिशु बिनिताको ज्यान गएको हो । उनका श्रीमान भने वैदेशिक रोजगारीको लागी भारतमा रहेको बताईएको छ ।
 
शुक्रबार राती माथी बाट पहिरो खसी ढुङ्गाले घर पुरिदा चारै जनाको घटना स्थलमै ज्यान गएको हो ।