२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने

बिहिवार , जेठ २५, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २५ जेठ । 
    राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दू राष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    शुक्रबार दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    जनवर्गीय संगठनहरु व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने उनले बताए ।