२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई

शुक्रवार , जेठ २६, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २६ जेठ । 
    नेकपा एमालेका सांसद् योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि आफ्ना नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको आरोप लगाएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सत्ताधारीकै समूहबाट आक्रमण हुँदा  प्रहरी मौन बसेको आरोप लगाउँदै गृहमन्त्रीसँग जवाफ मागेका छन्।

    प्रदेशको नामसँग आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले कसैलाई नाम चित्त नबुझेको भए वैधानिक रूपमा दुईतिहाइ बहुमत ल्याएर नाम परिवर्तन गरे आफूहरूलाई स्वीकार्य रहने बताए । तर, देशलाई अराजकता र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।