२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स गौतमबुद्धद्वारा पानी टंकी हस्तान्तरण

शनिवार , श्रावण १७, २०७७

भैरहवा, १७ साउन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न बेलाबेलामा हात हुनुपर्छ । यसलाई मध्यनजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले भैरहवास्थित देवकोटाचोकमा (प्रहरी बीट नजिकै) हात धुने पानी टंकी जडान गरी नागरिकलाई हात धुन आग्रह गर्दै शनिबार हस्तान्तरण गरेको छ ।

‘हात धोऔं, कोरोनाबाट बचौं, लायन्स वर्ष २०२०/२१ भव्य मनाऔं’ भन्ने नाराका साथ देवकोटाचोकमा सर्वसाधारणलाई हात धुन सहज होस् भन्ने उद्देश्यले पानी टंकी राखिएको कार्यक्रम संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए ।

IMG_8896.JPGपानी टंकी हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल नेपाल ३२५ बी टु का डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले कोभिड–१९ को संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु नै उत्तम उपाय भएकोले लायन्स गौतमबुद्धले सार्वजनिक स्थानमा राखेको पानी टंकीले हात धुन सहजता प्रदान गरेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि हात हुन सहज होस् भन्ने उद्देश्यले भैरहवास्थित देवकोटाचोकमा पानी टंकी राखिएको बताए ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल नेपाल ३२५ बी टु का स्ट्रेटेजिक चिफ नवराज न्यौपानेले लायन्स गौतमबुद्धले स्थापना कालको छोटो अवधिमा यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

116132834_317406699631495_1053731118847043385_n.jpgमंगलम पाइप्स एण्ड टंयाक्सको सहयोगमा हात हुने टंकी राखिएको क्लबका सह–कोषाध्यक्ष पिन्टु वनियाले बताए ।