२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

उपचारका लागि भन्दै पत्नीसहित सिंगापुर उडे कांग्रेस सभापति देउवा

बुधवार , जेठ ३१, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि भन्दै सिङ्गापुर प्रस्थान गरेका छन् । 

    उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेको बताईएको छ । 

    गएराति  १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् । 

    सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए । 

    पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन नसकेको बताइएको छ ।