२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सट्टेबाजी गरेको आरोपमा  ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं, ३२ जेठ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार श्रेष्ठ सहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ  ।