२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : सकियो थुनछेक बहस

शुक्रवार , आषाढ १, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । 

    बिहीबारसम्म  १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । 

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो । 

    थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ ।