२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

नक्कली भुटानी शरणार्थी प्रकरण  : रायमाझी र खांणसहितका १६ जनालाई कारागारमा पठाउने आदेश

शुक्रवार , आषाढ १, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई पर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि टोपबहादुर रायमाझि, बालकृष्ण खांण, टेकनारायण पाण्डे लगाएतका १६ जनालाई थुनामा पठाउन आदेश दिएको हो । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।

    २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो ।  कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।