२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

गुल्मी मै कर तिर्न पाउँदा व्यवसायीहरु उत्साहित, कार्यालय प्रमुखलाई स्वागत

शनिवार , श्रावण १७, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • गुल्मी १७ साउन। गुल्मी मै कर तिर्न पाउँदा ब्यबसायीहरु उत्साहित बनेका छन्। ब्याबसायिहरुको संगठन चेम्बरअफ कर्मश गुल्मीले आफुहरु उत्साहित हुदैँ करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझीलाई स्वागत गरेका छन् । 

    गुल्मी चेम्बर कर्मश गुल्मीका सल्लाहकार दुर्गालाल पाण्डेले सामान्य कर तिर्न पनि पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै करदाता सेवा कार्यालय गुल्मीप्रति आभार प्रकट गरे। आफुहरुले गरेको अथक प्रयासका कारण करदाता कार्यालय गुल्मी तम्घासमा ल्याउन सफल भएको गुल्मी चेम्बर अफ कर्मशले जनाएको छ । कर सम्बन्धि गरिने सम्र्पुण सेवाहरु तम्घासबाटै गरिने भएको कारण ब्यबसायीहरु उत्साहित हुदैँ कार्यालय प्रमुखलाई स्वागत गरेका हुन् । 

    कार्यक्रममा करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझिले गुल्मीमा आएर सेवा प्रबाह गर्ने पाउँदा आफु खुसि भएको बताए । ब्यबसायी तथा गुल्मेलीहरुले गरेको अथक प्रयासकै कारण सेवा कार्यालय तम्घासमा आउन सम्भव रहेको उल्लेख गरे । 

    बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण ब्याबसायी नै ठुलो मारमा परेको भन्दै ब्याबसायीहरुलाई केहि प्रतिशत छुट भएको जानकारी गराएको थिए । चेम्बर अफ कर्मश गुल्मीसँग आबद्धरहेको ब्याबसायीहरुले उनलाई स्वागत गर्दै आफुहरुको सहयोग निरन्तर हुने बताएका थिए ।