२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आज माघे संक्रान्ति अर्थात खिचडी खाने दिन माघी

आजबाट उत्तरायण शुरु हुने भएकाले रात भन्दा दिन लामो हुँदै जाने 

बिहिवार , माघ १, २०७७

काठमाडौं, १ माघ । 
माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ती पर्व आज देशभर नदी तथा जलाशयमा स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ भने आजबाट उत्तरायण अर्थात सौर्य मास अनुसार भुमध्य रेखाबाट सुर्य उत्तरतर्फ लाग्ने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

मानव जीवनमा उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा स्नान गर्न भक्तजनको भीड लाग्छ । अर्कोतर्फ तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रका बिद्धान डा. बाबुराम ज्ञवाली बताउँछन् । डा. ज्ञवाली भन्छन् -धर्मशास्त्रका अनुसार उत्तरायण शुरु भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । thumb.jpg

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाएमा त्रिदोष नाश हुने धार्मिक विश्वास छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । त्यस्तै शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास  छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता पनि छ । 

साथै सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शैयामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाए अनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ । तराईमा थारु समुदायले माघी पर्व विशेष रुपले मनाउँछन् । यो दिनलाई उनीहरु माघी मनाउने भन्दै खिचडी, ढिकरी, माछा, घोंघी आदी विभिन्न परिकार बनाई खाने, नाचगान गर्ने र चलन छ । 

Tharu_Maghe_Sakranti_festival_20190115_0007-15012019072211.jpgलुम्बिनी प्रदेश सरकारले पनि केही वर्ष यता माघी मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ । साथै प्रदेश सरकारले आज माघे संक्रान्ति र भोली मगर समुदायको महत्वपुर्ण चाड भुमी पुजा परेकोले प्रदेशमा दुई दिन सार्वजनिक बिदा आएको छ ।