२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो : योगेश भट्टराई

मंगलवार , आषाढ ५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ५ असार ।
    नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् ।

    संघीय संसद भवन परिसरमा मंगलबार पत्रकारहरूसँग कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग सम्भावना रहेको बताउँदै उनले उक्त मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् ।

    ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लब हो,’ उनले भने । एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।