२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

जसपाका पाँच केन्द्रीय सदस्य निष्काशित

शनिवार , आषाढ ९, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ९ असार । 
    निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले पाँच केन्द्रीय सदस्यलाई निष्काशन गरेको छ ।
    जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो । उनीहरूलाई पार्टी सदस्यबाट समेत निष्काशन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

    यससँगै जसपा केन्द्रीय समिति बैठकले समाजवादी मोर्चालाई अनुमोदन गरेको छ । बैठकले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको बस्नेतले बताए ।