
शनिवार , श्रावण १७, २०७७
भैरहवा १७ साउन । जगर्श ग्रुप भैरहवाले अञ्चलपुरमा बृक्षारोपण गरेको छ । जगर्श गु्रपका सदस्य प्रदिप अग्रवालको सम्झनामा बृक्षारोपण गरिएको हो ।
महावीर हार्डवयरका सञ्चालक अग्रवालको गत बर्ष आफ्नै निवासको छतबाट लडेर मृत्यु भएको थियो । उनको २०७६ साल बैशाख २२ गते मृत्यु भएको थियो ।
जगर्श ग्रुपले अञ्चलपुरस्थित उनकै निवास अगाडि नरिवलको बिरुवा रापिएको कार्यक्रम संयोजक गौरब श्रेष्ठले जानकारी दिए ।
अग्रवालको सम्झनामा गरिएको बृक्षा रोपण कार्यक्रममा जगर्श गु्रपका सदस्य सहित सिद्धार्थ जेसीज, लायन्स तथा रोटरी क्लवका पदाधिकारीहरुको सहभागिता रहेको ग्रुपका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij