images

आइतवार, बैशाख १६ गते २०८१

रोहिणीका संजय गुप्ताको ‘कृषि मोह’

रोहिणीका संजय गुप्ताको ‘कृषि मोह’

images
images
images
बिहिवार, आषाढ १४ २०८०
बिहिवार, आषाढ १४ २०८०
  • रोहिणीका संजय गुप्ताको ‘कृषि मोह’

    भैरहवा, १४ असार ।
    रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईको चोकमा जत्ति नेताहरु सायदै रुपन्देहीको अन्य ठाउँमा भेट्टाउन आजकल मुस्किल नै पर्छ । 

    images

    सिंहदरबारदेखि गाउँको राजनीतिसम्म चर्चाचर्कि बहस हुने उक्त पश्चिम तराईको उक्त चोकमा नेपालका करिब सबैजसो राजनीतिक दलका स्थानीय प्रतिनिधि जमघट हुने र छलफल गर्ने गर्दछन् । 

    त्यही चौकमा सधैजसो भेटिने एक पात्र हुन संजय कुमार गुप्ता । पत्रकार, किसान र नेता भनेर बहुपहिचान बनाएका संजयको धकधई चोकमा हुने हरेक छलफलको उपस्थिति अलि फरक र जिम्मेवारीपूर्ण हुने धेरैको ठम्याई छ । 

    २०६२/०६३ को आन्दोलन ताका र मधेश आन्दोलनको समयमा बुटवल भैरहवाका पत्रकार मात्रै होइन काठमाडौंका सञ्चार गृहमा समेत सूचना सम्प्रेषण गरेर पत्रकारको पहिचान बनाएका गुप्ता समय फेरिएसँगै सञ्चार कर्म र राजनीतिसँगसँगै आजकल कृषि कर्ममा पनि रमाउन थालेका छन् । 

    रोहिणी गाउँपालिकाको वडा नम्बर ४ स्थित सेमरहवामा रहेको आफ्नै पुर्ख्यौली २३ कठ्ठा जग्गामा कृर्षि फर्म सञ्चालन गरिरहेका गुप्तालाई यतिबेला भ्याइनभ्याइ छ । बिहान र साँझ फर्ममा व्यस्त हुने उनी दिउँसो भने राजनीति र समाजसेवामै सक्रिय छन् ।

    रोहिणी–४ स्थित सेमरहवामा विगत ५ वर्षदेखि उनले आदित्य एकीकृत कृषि तथा वागवानी फार्म सञ्चालन गरिरहेका छन् ।  उनको फर्ममा  १० कठ्ठा क्षेत्रफलमा माछापोखरी छ । त्यही पोखरीको छेउमै रहेको १३ कठ्ठाको बगैचामा यतिबेला विभिन्न प्रजातिका आप, ड्रयागन र कागतीका दाना लटरलम्म फलिरहेका छन् । 

    भैरहवा–परासी हुलाली मार्गमा पर्ने धकधई नजिकैको सेमहरवामा तराईको ४४ डिग्रीको गर्मीलाई छल्दै, सुस्ताउँदै फलफूल टिप्दै खानुको मज्जा बेग्लै रहेको स्थानीय मेचिकाली दैनिकका सम्पादक समेत रहेका अमृत गिरीले बताए । 

    औषधिजन्य जडिबुटी कुरिलो र बयरको काडाँहरु छिचोल्दै त्यहाँ आउने जो कोही पनि बोटबाटै थरीथरीका आँपका दाना टिपेर खाइरहेका भेटिन्छन् । संजयको कृषि फर्मभित्र ड्रयागन फ्रुट चाख्न र कागतीका भेराइटी लिन आउनेको संख्या पनि उत्तिकै छ । 

    व्यवसायतर्फ उन्मुख हुँदै गएका गुप्ता भन्छन् ‘धेरैजसो आफै बोटबाट टिपेर फलफूलको स्वाद चाख्न आउनुहुन्छ । स्वाद मन परेको फलसमेत लिएर जानुहुन्छ । ’

    गुप्ताको कृषि फार्म अवलोकन गर्न आउनेहरु पनि उल्लेखनीय संख्या रहेको छ । २०४५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय गुप्ता वि.सं. २०५३ सालमा पाली बहुमुखी क्याम्पस, परासीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएपछि राजनीतिमा अझ सक्रियतापूर्वक लागेको बताउँछने । त्यसयता २०५४ सालमा स्थानीय निकाय चुनावमा छिपागढमा गाविस अध्यक्ष पदको उम्मेदवार, २०७४ मा रोहिणी गाउँपालिका वडा नम्बर ४ को  वडाअध्यक्ष पदको उम्मेदवार रहेका उनी नेताको रुपमा समेत परिचित छन् । उनी विद्यार्थी जीवनदेखि नै नेकपा (एमाले) मा क्रियाशिल छन् ।

    मधेशको भुगोलमा नेता भएपछि जनताको हरेक समस्या पर्दा दौडधुप गर्नुपर्ने कामलाई समेत चुस्त व्यवस्थापनको कारण भ्याईरहेका उनी विभिन्न सामाजिक संघ–संस्थाका कार्यक्रममा समेत सहभागी भइरहन्छन् ।समय व्यवस्थापनको बारेमा गुप्ता ठट्टा गर्दै भन्छन्, ‘मलाई जहाँ खोज्यो त्यही नै भेट्टाउनुहुन्छ, तपाईं मलाई भेट्टाउनु कहाँ चाहनुहुन्छ, कृषि फर्ममा, राजनीतिमा वा सामाजिक कर्ममा ? “

    ‘बिगाहौ–बिगाह जमिन भएका किसानका छोराछेरी केही गर्न सकिएन भन्दै कतिपय विदेशिरहेका छन् त कतिपय अर्काकोमा जागिर गर्न गइरहेका छन् । मैले कृषिमा सम्भावना धेरै छ, मिहिनेत गरे घरकै खेतमा पनि राम्रो पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिन यो कृर्षि फर्म सन्चालन गरेको हुँ ।’ गुप्ताले भने ।

    राजनीतिकर्मी र सञ्चारकर्मी समेत भएकोले भाषण र समाचार मात्रै जनतालाई दिएर भएन अब काम गरेर नै लौ यसरी काम गरौं,  निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाऔं भनेर किसानहरुलाई सिकाउन मात्रै खोजेको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij