२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइयो : गृहमन्त्री श्रेष्ठ

बिहिवार , आषाढ २१, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २१ अषाढ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको बताएका छन् ।

    प्रेस सेन्टर नेपाल भरतपुरले बिहिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गरेका हुन् ।

    बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यताको विपरित भएको उनको भनाइ छ । फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए । सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो ।

    अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने जिकिर गरे ।

    उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको दावी गरे ।