२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान

बिहिवार , आषाढ २१, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको भट्टराईको दावी
    रुपन्देही, २१ असार । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एमाले रुपन्देहीले बुधबार बुटवलमा बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान गरेको हो ।

    कार्यक्रममा रुपन्देही जिल्लाबाट स्ववियुमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु गरी १ सय जनालाई सम्मान गरिएको थियो ।

    358465155_813862860086602_3035550143330840123_n.jpg

    कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् । नेता भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताउँदै नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने जनाएका छन् ।

    आफूलाई नेपालको संसद्ले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको उनको दावी थियो ।

    भट्टराईले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इञ्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनाललगायतले अनेरास्ववियुबाट जितेकाहरुले रचनात्मक काम गरेर देखाउनुपर्ने बताए ।