२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै

शुक्रवार , आषाढ २२, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बिहान ११ बजेदेखि बस्दैछ ।

    हिजो बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्न लागेको हो ।

    बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् । हिजोको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।

    जिल्ला सभापतिहरूको धारणा सुनेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।