२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

सकियो शीर्ष नेताको बैठक, ओलीले भने– भरे देख्नुहुन्छ

आइतवार , आषाढ २४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २४ असार । सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’

    सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरेको एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति देउवाले छलफल गरेका हुन् ।आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ ।