२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मंगलवार , आषाढ २६, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २६ असार । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

     सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

    चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ ।