२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

रोहिणीमा १५ शैयाको अस्पताल निर्माणका लागि टेण्डर आह्वान

शुक्रवार , आषाढ २९, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २९ असार ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले १५ शैयाको प्राथमिक अस्पताल निर्माणका लागि टेण्डर आह्वान भएको छ । रोहिणी–३ स्थित धकधई (लक्ष्मीनगर) मा निर्माण हुने अस्पतालका लागि रोहिणी गाउँपालिकाले शुक्रबार टेण्डर आह्वान गरेको हो ।

    डेढ बिघा क्षेत्रफलमा अस्पताल निर्माण हुने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाको महत्वपूर्ण योजनामध्ये अस्पताल निर्माण रहेको र टेण्डर आह्वान भएको अध्यक्ष यादवले बताए ।
    ‘गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । रोहिणीका नागरिकलाई उपचारका लागि गाउँपालिकामै स्वास्थ्य सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले १५ शैयाको अस्पताल निर्माण हुनेछ, ’उनले भने ।

    शुक्रबार ३० दिनको समय राखेर टेण्डर आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।

    electronic bid.jpg