२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

शुक्रवार , आषाढ २९, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २९ असार । 
    जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

    बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । 

    केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए । उनकाअनुसार बैठकले पार्टी प्रवक्ताको डा. शरदसिंह यादवलाई दिएको छ । पार्टीको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको छ ।