२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ

सोमवार , श्रावण १, २०८०

काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।  

उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ  गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ ।