
आइतवार , माघ ४, २०७७
भैरहवा, ४ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । कोटिहवामा परिवारसंग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षिया युवकले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागी आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ ।
बिहिबार बालिका बलात्कार हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतको डिलको खोल्सामा अचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । अपरान्ह ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिव ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा स्थानीयको खेत नजिकै डिल छेउको खोल्सामा रहेको झाडीमा वालिकालाई गम्भिर अवस्थामा फेला पारिएको हो ।
प्रहरी उपरिक्षक पोखरेलका अनुसार बालिकाको अवस्था गम्भिर भएपछि उपचारको लागी काठमाडौस्थित शिक्षण अस्पतालमा पठाइएको छ । प्रहरी उपरीक्षक पोखरेलका अनुसार बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागी पठाए पनि उपचार हुन नसकेपछि काठमाडौस्थित बिर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि शिक्षण अस्पताल रिफर गरिएको हो ।
बालिकाको शनिवार बिहान शल्यक्रिया भएपछि पछिल्लो जानकारी अनुसार बालिका कोअवस्था अहिले केही सुधारउन्मुख भए पनि चिन्ताजनक नै रहेको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्त कपिलवस्तु वाणगंगा वडा नम्बर १२ घर भएका हाल तिलोत्तमा नगरपालिका १३ बबनी बसेर मजदूरी गर्ने होम बहादुर वि.क. रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij