२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भिर : शंकर पोखरेल

बिहिवार , श्रावण ४, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • काठमाडौं, ४ साउन । 
    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्वजनिक हुँदासमेत कारवाही नगरिएकोप्रति गुनासो गरेका छन् ।

    त्रिभुवन विमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनुपर्नेसमेत बताएका छन् । 

    ‘दिनहुँ सुन तस्करीका समाचारहरु आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन, ‘हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ ।’

    उनले अगाडी लेखेका छन, ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासनसमेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ ।’