२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

मधेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्न योजना बनाउनुपर्छ : प्रदीप ज्ञवाली

शुक्रवार , श्रावण ५, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • बारा, ५ साउन । 
    नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मधेश प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

    बिहीबारदेखि बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीनदिने कार्यशालाको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले मधेशको नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । 

    पार्टीका स्कूल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेशको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भए पनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।

    ‘संख्यात्मक हिसाबले मधेशमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’

    ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेश र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

    भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेशमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाइ थियो ।

    कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेश प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।