२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

शुक्रवार , श्रावण ५, २०८०

पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।