२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

सियो छिर्न नदिने एयरपोर्टबाट कसरी त्यत्रो सुन छिर्यो भन्दै तरूण दलका अध्यक्षले मागे गृहमन्त्रीको राजीनामा

शनिवार , श्रावण ६, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ६ साउन । 
    नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । ४१ औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभइकन त्यत्रो परिणामको सुन बाहिर आउन नसक्ने बन्दै उनको राजीनामा माग गरेका छन् ।

    ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन । नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मिठाइको पोको ल्याउन पाउँदैनन् । एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौं,’ उनले भने, ’विश्वले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ । डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिँदै गर्दा राजश्व

    अनुसन्धान विभागले बाटोमा पक्रँदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ । यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’ उनले यसप्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए ।