२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

राजनीतिक दलबाट नेपाली सेनामाथि आक्रमण भयो : परराष्ट्रमन्त्री साउद

आइतवार , श्रावण ७, २०८०

  • 910
    Shares
  • 910
    Shares
  • काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

    जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।

    ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने ।

    आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।