२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते बुटवलमा

आइतवार , श्रावण ७, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, ७ साउन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । एमाले केन्द्रीय कमिटीकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बुटवलमा भएको प्रदेश संगठन कमिटीको सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको हो ।  

    पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै बैठकले यही साउन १३ र १४ गते बाँकेको नेपालगंजमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    त्यसै गरी बैठकले पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल सञ्चालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष कंडेलले बताए । बैठकले अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । 

    बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागीता रहेको थियो ।