२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित

सोमवार , श्रावण ८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ८ साउन । 
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्ने गरी स्थगित भएको छ । सोमबारको बैठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्ने गरी सकिएको हो ।

    आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए । जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए ।

    महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ ।