
शनिवार , श्रावण १७, २०७७
बुटवल, १७ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम र एक्सपर्ट फाउण्डेसनको संयुक्त आयोजनामा अनाथ आश्रममा चाहिने सम्पूर्ण सामाग्री प्रदान गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका गर्भनर एम.जे.एफ शम्भु नकर्मी, लायन्स क्लब अफ मणिग्राम अध्यक्ष एम.जे.एफ सुरज कुमार लम्साल, एक्सपर्ट फाउण्डेशनका चेयरमेन रोशन कंडेलले अनाथ आश्रमका अध्यक्ष मिरा कुमारी खड्कालाई सम्पूर्ण सामाग्री हस्तान्रण गरेका हुन ।
आश्रममा ३६ जनालाई पुग्ने १ महिनाको हरियो तरकारी र चामल, १ सेट इन्भटर, १ सेट सोलर प्यानल, ५ पिस खाट, १ बोरा सरफ, एक काटुन साबुन, प्रत्येक २ जोर लगाउने कपडा, प्रत्येका लागी बिस्तराको सेट, कम्मल, चप्पल, ग्यास चुलो साथै भान्सामा चाहिने सम्पूर्ण सामाग्री, ४ सेट पङखा, १ सेट कुक्कर, १ सेट कराई, ३ महिनालाई पुग्ने मसलाको सामाग्री, २० फिस कुर्ची, ५ थान झुल, १८ सेट प्लेट, कचौरा, चम्चा, गिलास, डसबिन, बालबालिकाको १ वर्ष बराबरको विद्यालयको शुल्क रकम, ३ महिनालाई पुग्ने कोलगेट र ब्रस, तेल, ३६ पिस नङकटर, २५ सय बराबरको प्राथमिक उपचार सामाग्री, प्रदान गरेको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले लायन्स मणिग्रामले गरेको कार्य सराहनिय रहेको बताए ।
हामी सेवा गछौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स मणिगा्रमले प्रत्येक हप्ता एक दिन समाजसेवा गर्ने नारा बोकेर हिडेकोमा अरु लायन्सले पाठ सिक्नुपर्ने बताए ।
कार्यक्रममा देवदह नगरपालिका प्रवक्ता भोजराज पौडयाल, पर्यटन डिभिजन प्रमुख मुक्ति पाण्डे, रिजनचेयरपर्सन जीवन गौतम, जोनचेयरपर्सन डा. प्रकाश पाण्डे लगायतले बोलेका थिए । त्यस्तै अध्यक्ष लम्सालले विगतका दिनहरुमा यातायात व्यवस्था कार्यालयमा अटोमेटिक हातधुने पानी टंकी,र रामचन्द्र मैनादेबि अनाथ आश्रममा खाद्यान्न सहयोग, तिलोत्तमा पार्कमा वृक्षारोपण, रक्तदान कार्यक्रम, अनाथलाई खाना खुलाउने गरेको बताए ।
एक्सपर्ट फाउण्डेशनका चेयरमेन तथा कार्यक्रमका संयोजक रोशन कंडेलले लुम्बिनी अपांग दृष्टिविहिन अनाथ आश्रमलाई आत्मैदेखि सहयोग गरेको र आश्रमलाई स्थानीय सरकारले जग्गा उपलब्ध गराए एक्सपर्ट फाउण्डेशनले भवन भनाइदिने प्रतिबद्धता गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij