२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सैनामैनाबाट खैरो हेरोईनसहित ४ युवा पक्राउ

मंगलवार , श्रावण ९, २०८०

बुटवल । रुपन्देहीको सालझण्डीबाट खैरो हिरोईन सहित ४ जना युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीले रुपन्देहीको सैनामैना–१० सालझण्डी बजारबाट लागुऔषधसहित ४ युवालाई पक्राउ गरेको हो । 

लागु औषध खैरो हेरोईनको खरिद बिक्री कारोवार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ५ बस्ने १८ वर्षीय प्रतिक थापा,  सैनामैना १० का २६ वर्षीय ‘पट’ भन्ने सुनिल थारू,  सोही स्थानका २८ वर्षीय ‘जिसस’ भन्ने जित बहादुर दर्लामी र २५ वर्षीय ‘डि के’ भन्ने दिनेश कुमार पुन रहेको प्रहरीले जनाएको छ । 

शरिर खानतलासी गर्दा उनिहरुको साथबाट ३२ थान पुरियामा गरी जम्मा २५६० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला पारीएको प्रहरीले जनाएको छ।