२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

कांग्रेसले बागी उठेर चुनाव जितेका १४ जनाको कारवाही गर्‍यो फुकुवा

बिहिवार , श्रावण ११, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ११ साउन । 
    नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारवाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारवाही फुकुवा गरेको हो ।

    कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारवाही फुकुवा गरेको छ । त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसहितको कारवाही फुकुवा भएको छ।

    प्रल्हादकुमार क्षत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजयकुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंहको कारबाही फुकुवा भएको हो ।