२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

प्रहरीलाई दुर्व्यवहार गरेको आराेपमा दुईजना पक्राउ

आइतवार , श्रावण १४, २०८०

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • रुपन्देही, १४ साउन । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ । 

    सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।