२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पुगे खाण, रायमाझीसहितका प्रतिवादी

मंगलवार , श्रावण १६, २०८०


काठमाडौं, १६ साउन । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । 

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधरण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन्। उनीहरुको निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ । 

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १९ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो । बाँकी १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन् ।