images

सोमवार, बैशाख २४ गते २०८१

गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस

गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस

images
images
images
बुधवार, श्रावण १७ २०८०
बुधवार, श्रावण १७ २०८०
  • गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस

    काठमाडौं, १७ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा हालै कुटपिट भयो । १६ असार बिहान साढे २ बजेको समयमा स्थित ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए । उनीहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका सानुभाई भन्ने युवराज गुरुङको नेतृत्वमा रघु तामाङ, बिनोद तामाङ, कमल तामाङ, निरु भन्ने निरज गुरुङ, बिश्व तामाङ भन्ने बिसु तामाङ, शेरबहादुर पौडेल भन्ने शेरलाल पौडेल र विक्रम अधिकारीले क्लबमा छिरेर बोल्नै नहुने अपशब्दहरुले बिनाकारण गालि गलौज गरी हातपात, लछार पछार गरे ।

    images
    images
    images

    गुण्डागर्दी शैलीको कुटपिटको भिडियो नै बाहिरियो । कुटपिटमा संलग्न युवाहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । पक्राउ परेकामध्ये सानुभाइ यसअघि नुवाकोट प्रहरीमामा हात हतियार तथा खरखजाना मुद्दा, महाराजगंज वृत्तमा ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दा र दरबारमार्ग वृत्तबाट बैंकिङ कसुर सम्बन्धि कसुर मुद्दा चलेको अभिलेखबाट देखियो । यो समूह पेशेवर गुण्डागर्दी क्रियाकलापमा संलग्न देखिएपछि काठमाडौं प्रहरी कानुनी कारवाहीमा त गयो नै साथसाथै काठमाडौं उपत्यकामा गुण्डागर्दी मौलाउँदैछ भन्ने परिदृश्य पनि महसुस गर्‍याे । 

    गुण्डागर्दी हुर्किँदैछ भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई झस्काउने अर्को घटना हो सामाखुसीको । जहाँ गुण्डागर्दी गर्ने कार्यमा संलग्न मानिसहरु समातिए । १७ असार बिहानको समयमा काठमाडौं २६ सामाखुशी चोकस्थित सेभेन प्लस सेभेन मोबाइल पसल अगाडि मोटरसाइकल चालक र कार चालकबीच भएको सामान्य विवादमा मोटरसाइकल चालकलाई मोबाइल पसलका संचालक टोखा १० बस्ने वर्ष ४२ को जीवन भन्ने टेक बहादुर चौलागाईसमेतले कुटपिट गरे ।

    सोही घटनाको बदला स्वरुप बेलुकाको समयमा मोटरसाइकल चालकको साथीहरु सामाखुशी बस्ने रुपन गुरुङसमेतको टोलीले टेकबहादुर चौलागाईलाई निजकै मोबाइल पसलमा आई कुटपिट गर्यो । उक्त झगडामा संलग्न दुवै पक्षले प्रहरी कार्यालयमा लिखित जाहेरी नदिए पनि प्रहरी आफैं अग्रसर भएर कानुनी दायरामा ल्यायो । यस्ता पकृतिका गुण्डागर्दी शैलीमा हुने झै-झगडा कुटपिटका कारण समाजमा अशान्ति फैलने, शान्ति सुव्यवस्थामा असर पर्ने, सर्वसाधारण नागरिकहरुले असुरक्षित महशुस गर्ने भन्दै महाराजगंज वृत्तले घटनामा संलग्न दुवै नाइकेहरुलाई पक्राउ गरि अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दा दर्ता गरि कारबाही गर्‍याे । 

    सानो सानो समूहमा गुण्डागर्दीका घटना दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नयाँ योजना अघि सारे, गुण्डागर्दी पृष्ठभूमिका समूह तथा सदस्यहरुको अभिलेख राख्ने, यसका लागि सिंगो समाजलाई नै आह्वान गर्ने । विगतमा ससानो समूह नै फस्टाएर समग्र समाजको शान्ति सुरक्षाका लागि चुनौती बनेको नजिरका बीच एसएसपी कार्कीले ब्रोकन विन्डो सिद्धान्तलाई अनुशरण गर्दै अभिलेख संकलन थालेका हुन् । ब्रोकन विन्डो सिद्धान्तमा प्रारम्भमै आपराधिक क्रियाकलापलाई निरुत्साहित गरिन्छ ।

    अहिले काठमाडौं प्रहरीले ग्याङ र गुण्डाको सम्पर्क तथा सम्बन्धको अध्ययन गर्ने र त्यसको आधारमा अभिलेख राख्न थालेको हो । यो अपराध न्यूनिकरण अभियानकै एउटा पक्ष हो । आपराधिक समूह/गुण्डागर्दीमा संलग्न व्यक्तिको अभिलेखमा समूहको परिचय, हैसियत, अपराधको प्रकृति र तरिका, आपराधिक पृष्ठभूमि, अपराधमा पाएको सजाय, संलग्न भएको घटना, घटाउनसक्ने सम्भावित घटना वा क्रियाकलाप, व्यक्तिगत वा समूहको नेटवर्कजस्ता अभिलेख प्रहरीले राख्न थालेको छ ।  

    'ब्रोकन विन्डो सिद्धान्त (अपराधिक घटनाका संकेतहरुको नियन्त्रण) अनुरुप गुण्डा, ग्याङ समूहलाई सानो स्वरुपमै निमिट्यान्न पार्ने र आम व्यवसायी, उद्योगी, व्यापारी र आम जनतालाई शान्त, स्वतन्त्रपूर्वक बस्न पाउने अधिकारको संरक्षण गर्न यो अभियान अगाडि बढाएका छौं,' एसएसपी कार्कीले भने ।  

    समाजमा अशान्ति मच्चाउने दिन दहाडै सार्वजनिक स्थानमा झै-झगडा गर्ने, गुण्डागर्दी गर्ने गिरोह तथा व्यक्तिहरुप्रति नेपाल प्रहरीले शून्य सहनशिलताको नीति अपनाई निर्ममतापूर्वक हदैसम्मको कारबाही गर्दै आइरहेको पनि उनले जानकारी गराए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij