images

सोमवार, बैशाख २४ गते २०८१

प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने

प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने

images
images
images
शुक्रवार, श्रावण १९ २०८०
शुक्रवार, श्रावण १९ २०८०
  • प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने

    काठमाडौं, १९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुुसन्धानको नेतृत्व गर्ने भएको छ । 

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् । 

    राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए । 

    सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij