२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

कांग्रेस रुपन्देही–३ (क) को सम्मेलन, रुपन्देहीलाई राजनीतिक खेलमैदान नबनाऔं : खाण

शनिवार , श्रावण २०, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २० साउन ।

    नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले रुपन्देहीलाई पार्टीको राजनीतिक खेलमैदान बनाउन नहुनेमा जोड दिएका छन् ।

    जिल्लालाई राजनीतिक खेलमैदान हुँदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभइ पार्टीसँग जोडिएका सबै नेता कार्यकर्ता कमजोर हुने भन्दै उनले पार्टीलाई कमजोर नभइ बलियो बनाउनतर्फ सबै लाग्नुुपर्ने बताए ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को प्रथम सम्मेलनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता खाणले जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको स्मरण गराउँदै उनले सबै सबैको साझा भएर पार्टीलाई गतिशिल, बलियो र चलायमान बनाउन लाग्नुुपर्नेमा जोड दिए ।

    ‘व्यक्तिगत रुपमा को कससँग नजिक छ वा कसले कसलाई नेता मान्छ भन्ने कुरा गौण हो । समग्रमा हामी पार्टीको हितमा लाग्नुुपर्छ । पार्टी कमजोर बनाउने गतिविधि गर्दा सबै कमजोर भइन्छ, ’उनले भने ।

    प्रदेश सभापति सुुरेन्द्रजंग थापाको सभापत्वि, उपसभापति गोविन्द प्रसाद बस्यालको स्वागत तथा सचिव यमबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति सुशील गुुरुङ, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, सिद्धार्थ नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) का उपसभापति विरेन्द्रनाथ श्रीवास्तव, सिद्धार्थनगर सभापति कोशिस बहादुर खड्का, नेताहरु लक्ष्मण सुवेदी, रमा अर्याल, महेन्द्र कुमार श्रेष्ठ, मीना भण्डारी, भवानी बेल्बासे, तिलकराम ज्ञवाली, विजयनाथ धवल, दामोदर शर्मा घिमिरे, कविता लामिछानेलगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा एकल प्रतिष्पर्धा गर्न सक्षम बनाउनेतर्फ लाग्नुुपर्ने बताए ।

    कार्यक्रममा सचिव सुधा कुँवरले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष दीपक बहाहुर कुँवरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।