
आइतवार , श्रावण २१, २०८०
भैरहवा, २१ साउन ।
रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको प्रधानाध्यापकहरुलाई जवाफदेहीता तथा उत्तरदायित्व बहनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । रोहिणी–३ स्थित धकधईमा उक्त कार्यक्रम भएको गाउँपालिकाले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि रुपन्देहीको रोहिणी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । शैक्षिक गुणस्तर सुधार्न भन्दै प्रधानाध्यापक तथा शिक्षकको जिम्मेवार हेरफर गरेको गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
त्यस्तै आइतबार रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयका शिक्षकशिक्षिका, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागीतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहेका यादवले गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा नयाँ प्रधानाध्यापकहरुलाई स्वागत तथा सम्मान गरिएको जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij