२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पीस्किनविरुद्धको खोप

आइतवार , श्रावण २१, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, २१ साउन । 
    बुटवलमा ६ सय पशुमा लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए ।

    बुटवल उपमहमानगरपालिका वडा नम्बर १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको उनले बताए ।

    बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए । भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

    अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनको भनाइ छ ।